शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती नदीमा डुबेर २ भारतीयको मृत्यु

आइतबार, १९ असार २०७९, १८ : ५५
आइतबार, १९ असार २०७९

रौतहटको बागमती नदीमा डुबेर दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार अपरान्ह ४ बजे  चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवैजना भारतीय नागरिकको आज शव  भेटिएको हो ।

कारमा घुम्न  आएका भारतको बिहारका ३० वर्षीय सुमन साह र  २४ वर्षीय मयंक अग्रवाल र  २१ वर्षीय रितेश साह डुबेका थिए । सुमन साहलाई स्थानीयहरुको सहयोगमा उद्धार गरिएपनि अन्य दुई जना भने बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गर्दा आज दिउँसो चन्द्रपुर  ९ र बृन्दावन १ को सीमा ईलाका स्थित बलेरीखोर जंङ्गल नजिकै शव फेला परेको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप