शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री

आइतबार, १९ असार २०७९, १८ : ४१
आइतबार, १९ असार २०७९

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्ने बताएका छन् । आइतवार संसद भवनमा आर्थिक कुटनीति प्रवर्द्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दीक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरेका हुन् ।

पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने सर्तका विषयमा जानकारी नहुँदा अन्तरविरोध भएको बताए । उनले गरिवी निवारणको लागि सरकार इमान्दार नभएसम्म सधैँ विदशीको आश गर्नुपर्ने अवस्था रहने बताए ।

पूर्वगभर्नर क्षेत्रीले नेपालमा अहिले वैदेशिक सहायताका रुपमा आएको पैसा खर्च गर्न नसकेर विदेशमा नै फिर्ता गइरहेको बताए । उनले नेपालमा विदेशबाट आएको सहायतामा २ प्रतिशत मात्रै खर्च हुने र बाँकी विदेशमा नै फिर्ता भइरहेको बताए ।  वैदेशिक अनुदान नेपालमा नै खर्च गर्नको निमित्त इमान्दारीता,मेहनत र कार्यान्वयन गर्नसक्ने परियोजना छनोट गरी क्षमता विकास गर्न आवश्यक रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप