मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फाइदा हुनेसँग चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

आइतबार, १९ असार २०७९, २१ : ००
आइतबार, १९ असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एमाले र काँग्रेस दुवै पार्टीले चुनावी गठबन्धनका लागि प्रस्ताव गरेको जनाएको छ । आइतबार सम्पन्न सो पार्टीको कार्यकारिणी समिति बैठकले दुवै पार्टीबाट चुनावी गठबन्धनका लागि प्रस्ताव आएपनि छलफल गरेर जोसँग गठबन्धन गर्दा फाइदा हुन्छ उसैसँग गर्ने निर्णय गरेको हो ।  

बैठकपछि लोसपा कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले भने, ‘काँग्रेस एमाले दुवैबाट चुनावी गठबन्धनका लागि प्रस्ताव आएको छ । तर जोसँग फाइदा हुन्छ, उसैसँग तालमेल हुन्छ, छलफल भने दुवै दलसँग गर्छौ ।’

त्यस्तै बैठकले मल अभावका बारेमा प्रमुख जिल्ला अधिकारीहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । साथै बैठकले केन्द्रीय समितिलाई यहीसाता पूर्णता दिने निर्णय गरेको नेता अरगरियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप