शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको सर्वोच्च नागरिक सम्मानबाट १७ जना सुशोभित

आइतबार, १९ असार २०७९, १७ : ५८
आइतबार, १९ असार २०७९

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अमेरिकाको सर्वोच्च नागरिक सम्मान ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ पाउने १७ जनाको नाम घोषणा गरेको छ ।  ह्वाइट हाउसले सम्मानित व्यक्तिहरु ‘अमेरिकाको समृद्धि, मूल्य सुरक्षामा असाधारण योगदान गर्ने तथा विश्व–शान्ति तथा अन्य महत्वपूर्ण समाजिक योगदान गर्नेहरु’ रहेको बतायो । 

‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ का लागि चुनिनेहरूमा अमेरिकी इतिहासकी सबैभन्दा चर्चित जिम्याष्ट साईमोन बाइल्ज पनि छन् ।  त्यस्तै सन् २०११ मा बितेका एप्पलका पूर्व अधिकृत स्टिभ्स जब्सलाई मरणोप्रान्त सम्मानित गरिएको छ । 
इराकमा आफ्ना छोरा गुमाएका पाकिस्तानबाट बसाईंसराई गरेर अमेरिका आएका खिजर खान पनि सम्मानित हुँदैछन् । सन् २०१६ को निर्वाचनको क्रममा खानले डेमोक्रेटिक सम्मेलनमा बोलेपछि उनी डोनाल्ड ट्रम्पको आक्रमणको निशानामा परेका थिए । खानले ट्रम्पले मुसलमान मुलुकका आप्रवासीको आगमनलाई रोक्ने निर्णयको विरोध गरेका थिए । 

सम्मानित व्यक्तिहरु राजनीति, समाजिक न्याय, कला प्राज्ञ क्षेत्र लगायत सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा आवद्ध व्यक्ति छन् ।  वर्तमान राष्ट्रपति जो बाइडेन आफै पनि सन् २०१७ मा ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’बाट सम्मानित भएका थिए । 

सम्मानित व्यक्तिहरुको लागि जुलाई ७ मा ह्वाइट हाउसले विशेष कार्यक्रम आयोजना गर्दैछ ।  साईमन बाईल्स, स्टिभ्स जब्स र खिजर खानबाहेक निम्न व्यक्तिहरु प्रेसिन्डेसियल अवार्ड अफ फ्रिडमबाट सुसोभित भएका छन् ः 
–सिस्टर साईमोन क्यामबेल : क्याथोलिक सामाजिक कल्याणसम्बन्धी संगठन ‘नेटवर्क’की पूर्व कार्यकारी निर्देशक हुन् क्याम्पबेल । 

–जोन म्याकेन : पूर्व अमेरिकी सैनिक, अमेरिकाका दुवै सदनमा एरिजोना राज्यबाट दशकौँ प्रतिनिधित्व गर्ने राजनीतिज्ञ तथा सन् २००८ का रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार जोन म्याकेनलाई पनि मरणोप्रान्त यो सम्मान दिइएको हो । सन् २०१८ मा ब्रेन क्यान्सरले उनको ज्यान लिएको थियो । 

–डेन्जेल वासिङ्टन : फिल्म अभिनेता, निर्देशक तथा निर्माता वाशिङ्टनमा दुई पटकका ओस्कार विजेता हुन् । 
–स्याण्ड्रा लिण्ड्से : न्युयोर्ककी क्रिटिकल केयरकी नर्स लिण्ड्सेले कोभिड–१९ महामारीको समयमा अग्रमोर्चामा रहेर काम गरेकी थिइन् । खोपकी अभियन्ता लिण्ड्से चिकित्सकीय परीक्षणभन्दा अलग कोभिड–१९ को खोप लिने पहिलो अमेरिकी हुन् । 

–जुलियटा गार्सिया : ब्राउनभिलस्थित युनिभर्सिटी अफ टेक्ससकी पूर्व अध्यक्ष गार्सिया अमेरिकामा कलेजकी अध्यक्ष हुने पहिलो ल्याटिन (दक्षिण अमेरिकी मुलकी महिला) थिइन् । टाइम म्यागेजिनले उनलाई देशको उत्कृष्ट कलेज अध्यक्षमध्ये एक घोषणा गरेको थियो । 

–ग्याब्रियल गिफोड्र्स : एरियोजोना राज्यबाट अमेरिकाको तल्लो सदनकी सदस्य गिफोर्डसले ‘गिफोड्र्स’ नामक संस्था खोलेकी छन् । सो संस्था अमेरिकामा बन्दुक हिंसा अन्त्यमा समर्पित छ । उनलाई सन् २०११ मा राजनीतिक भेटघाटको क्रममा टाउकोमा गोली हानेपछि गम्भीर घाइते भएकी थिइन् । 

–फ्रेड ग्रे : ग्रे अलाबामा राज्यको विधानसभाकी पहिलो अश्वेत सदस्य हुन् । उनी अश्वेत अधिकारकर्मी पनि हुन् । 

–फादर एलेक्ज्याण्डर करलोट्सस : आर्कबिसफ डेमेट्रियोस अफ अमेरिकाका सहयोगीका रुपमा करलोट्ससले कैयौं अमेरिकी राष्ट्रपतिलाई सल्लाह दिएको ह्वाइट हाउसले जनाएको छ । 

–डायन न्यास : न्यास २० औं शताब्दीका सबैभन्दा महत्वपूर्ण मध्येका अश्वेत अभियानहरूलाई संयोजन गर्ने अधिकारकर्मी हुन् । 
–मेगन रेपिनो : अमेरिकी राष्ट्रिय फुटबल टिमकी प्रमुख खेलाडी रेपिनो लिङ्गका आधारमा समान ज्यान, नश्लिय न्याय र यौनिक अल्पसंख्यकका अधिकारकी अभियन्ता पनि हुन् ।
एलन सिम्पसन : विओमिङ राज्यका अवकाशप्राप्त अमेरिकी सिनेटर सिम्पसन वित्तिय सुधार, उत्तरदायी शासन र वैवाहिक समानताका अभियन्ता पनि हुन् । 
–रिचर्ड ट्रुम्का : सन् २०२१ अगस्टमा निधन हुनुअघि ट्रुम्का एक दशकदेखि अमेरिकाको सबैभन्दा ठूलो मजदुर युनियन अमेरिकन फेडरेसन अफ लेबर–कङ्ग्रेस अफ इण्डसस्ट्रियल अर्गनाईजेसन(एएफएल–सीआईओ) का अध्यक्ष थिए । 
–विल्मा भोगट : ब्रिगेडियर जनरल विल्मा भोगट अमेरिकी सेनाकी इतिहासकी सबैभन्दा चर्चितमध्ये एक महिला थिइन् । 
–राउल जागिएर : अश्वेत अधिकारकर्मी जागुएर झण्डै ३० वर्ष नेशनल काउन्सिल अफ ला राजाकी प्रमुख थिए भने ओबामाको पालमा डोमिनिकन रिपब्लिकका लागि अमेरिकी राजदूत थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप