घर बनाउन पैसा सहयोग गर्नेकै हत्या
झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो ।
उनको हत्या योजना अर्जुनधारा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा र उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृषबहादुर थापाले बनाएको प्रहरीले जनाएको छ । जानुकालाई श्रीमानकै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको थियो । उनको ९ असारमा हत्या भएको प्रहरीले जनाएको छ । १२ असारमा ह्युम पाइपभित्र बोरामा उनको शव भेटिएको थियो ।
उनको हत्याका लागि थापा दम्पतीले सुनसरी बराहा क्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार र फरार एक अभियुक्तलाई पाँच लाखको ‘सुपारी’ दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । तीन अभियुक्तलाई पक्राउ गरेर आइतबार प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
मृत व्यक्तिले घर बनाउनका लागि जानुकालाई पाँच लाख रुपैयाँ सहयोग गरेको प्रहरीले जनाएको छ । उनीहरूबीच २०७६ मंसिरदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । काम गर्न दिल्ली पुगेकी उनलाई अप्ठेरो परेपछि पानी ट्यांकीसम्म ल्याइदिएका थिए । त्यसयता निरन्तर सम्पर्क रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।
मृत नरेशकुमार ४ वैशाख २०७९ मा विराटनगरबाट अवैध ५९ हजार भारुसहित पक्राउ परेका थिए । प्रहरीले राजश्व कार्यालय इटहरीमा तारेख धाइरहेका थिए । तारेखका क्रममा उनी जेठमा जानुकाको घरमा बसेका थिए । त्यो क्रममा जानुकामाथि दुर्व्यवहार भएको श्रीमानले देखेका थिए । त्यही क्रममा उनको हत्या योजना बनेको एसपी पोखरेलले जानकारी दिए ।
उनी पछिल्लो समय ७ असारमा जानुकाको घरमा आएका थिए । त्यही क्रममा परियार र एक फरार अभियुक्तलाई पाँच लाखको सुपारी दिएको प्रहरीले जनाएको छ । पूर्वसहतिअनुसार जानुकाले परियारलाई दुई र फरार व्यक्तिलाई एक लाख रुपैयाँ पनि दिइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार