बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा उपलब्ध

आइतबार, १९ असार २०७९, १७ : ०६
आइतबार, १९ असार २०७९

पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अन्ट्रान्सलेटेबल पुस्तक अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको हो ।

पुस्तक अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा उपलब्ध रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ई-बुकमा समेत उपलब्ध रहेको जनाइएको छ । पुस्तक काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ रहेको छ ।  

२०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्‍न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएका, उपचारमा खटिएकालगायतकाे भावना र अनुभवहरूलाई समेटिएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले  पुस्तकको लोकार्पण गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप