मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी

आइतबार, १९ असार २०७९, १६ : ५६
आइतबार, १९ असार २०७९

सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राखिएको छ ।  

अहिले कारगारमा पुरुष ३३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले जानकारी दिए । उनका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र आठ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागूऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताए । “पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन्”, उनले भने, “अदालतबाट बहुविवाह गरेको कसुरमा जेल सजाय तोकिएका नौ र चोरीका आठ  कैदीबन्दी छन् ।”

कारागारका प्रमुख लक्ष्मी खरेलले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले  समस्या समाधान गर्न नयाँ भवन बनिरहेको बताए । “अब थप क्षमताको तत्काल अर्को भवन निर्माण  चालू आवमै सम्पन्न गर्नेगरी भइरहेको छ”, उनले भने, “एउटै ठाउँमा कैदी खचाखच हुँदा संक्रमण बढ्ने खतरा भएपनि त्यसको असर देखिएको छैन ।”  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप