बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिलीको संविधानसभाले एक वर्षमा लेख्यो संविधान, सेप्टेम्बर ४ मा संविधानलाई लिएर जनमतसंग्रह हुने

आइतबार, १९ असार २०७९, १६ : ५०
आइतबार, १९ असार २०७९

 चिलीको संविधानसभाका ३३ वर्षे उपाध्याक्ष ग्यास्पर डोमिन्गेज संविधान लेखन पुरा भएर बाहिर निस्किदै गर्दा निक्कै प्रफुल्ल थिए । पेसाले डक्टर डोमिन्गेज संविधान लेखनको लागि प्रयोग भएको पहिलेको कंग्रेस भवनबाहिर आफ्ना सहकर्मीसँग अंकमाल गर्दै बधाई दिइरहेका देखिन्थे । 

नयाँ संविधानले देशको राजनीतिक मार्ग बदल्ने अपेक्षा गरिएको छ । साथै यसले समान अधिकारको सन्दर्भमा विश्वलाई उदारण प्रस्तुत गर्ने कतिपयको दावी छ । ‘समाजिक अधिकारका अतिरिक्त, आवास अधिकार र शिक्षा अधिकारहरूलाई समेटेर संविधानले समानतामा नयाँ प्रयोग गरेको छ,’ डोमिन्गेजले भने । 

संविधानले सार्वजनिक संस्थानमा महिलाको समान सहभागिताको कोटोको व्यवस्था गरेका छ । राजनीतिक क्षेत्रमा यौनिक अल्पसंखयकको (एलजीबीटीआईक्यु प्लस) सहभागितालाई समेत सुनिश्चित गरेको छ । 
‘सबै समान भनेर मात्र पुग्दैन । हामीले सकारात्मक विभेदका कदम चाल्नुपर्छ ,’ उनले भने । 

सोमबार संविधानसभाले आफूले तयार पारेको संविधानको ड्राफ्ट ३६ वर्षिय राष्ट्रपति ग्याब्रियल बोरिकर्लाइ बुझाउँदै छ । त्यसपछि यसलाई आम जनतामाझ लगिनेछ । चिलीका नागरिकले दुई महिनासम्म यो दस्तावेजको अध्ययन गर्न पाउनेछन् । त्यसपछि सेप्टेम्बर ४ मा जनमत संग्रहमार्फत संविधानको भाग्य निर्धारण हुनेछ । 

सन् २०१९ मा दसौं लाख मानिस देशको असमानता स्थिति परिवर्तनको माग गर्दै सडकमा उत्रिएपछि नयाँ संविधान लेख्ने वहस सुरु भएको थियो । 
त्यसबेला प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गर्दा सयौं घाइते भएका थिए भने दर्जनौँको मृत्यु भएको थियो । आन्दोलनपछि राजनीतिक वृत त्यसमा पनि तत्कालिन पिनेरा सरकारविरुद्ध आम अविश्वास खडा भएको थियो । 

‘पिनोचेको संविधान’
हाल चिल्लीमा लागु भईरहेको संविधान सन् १९८० मा तत्कालिन अगस्टो पिनोचेको सरकारले लेखेको थियो । आन्दोलनकारीहरु वर्तमान संविधान देशमा कायम असमानता र महगाईको प्रमुख कारण भएको मान्छन् । संविधानले नीजिकरणमाथि कुनै नियमन गरेको छैन भने यसले नवउदारवादी नीतिलाई समर्थन गर्छ । 

सन् २०२० अक्टोरमा नयाँ संविधान आवश्यक भए नभएको विषयमा भएको जनमत संग्रहमा ७९ प्रतिशत चिलीका नागरिकले नयाँ संविधानको पक्षमा मतदान गरेका थिए । 

कन्जरभेटिको प्रतिक्रिया
चिलीको दक्षिणपन्थी दल तथा राजनीतिज्ञ भने समानतावादी नयाँ संविधानको कटु आलोचना गरिरहेका छन् । संविधानसभाका लागि भएको सन् २०२१ मेको चुनावमा ती दलको न्युन मत आएपछि संविधानको धारामा तिनले खासै प्रभाव पार्न सकेनन् । 

३५ वर्षे कन्जरभेटिभ सभासद रुगेरो कोजीले संविधानसभा आफ्नो उदेश्यमा पूर्ण असफल भएको बताउँछन् । कोजीले पिनोचेको संविधानको खुला बजार प्रणालीको प्रतिरक्षा गरे । निजीकरणकै कारण चिल्लीका पूर्वाधार अन्य ल्याटिन अमेरिकी मुलुकको तुलनामा बलियो भएको उनले दावी गरे । कोजी सेप्टेम्बरमा हुने जनमतसंग्रहमा संविधान अस्वीकार गर्नुपर्ने पक्षमा छन् । 

युनिभर्सिडाड डे चिल्ली अन्तरगतको इन्टिच्युट अफ पब्लिक अफेयरकी राजनीति शास्त्रकी प्रमुख क्लाउडिया हेईसले भने संविधानको गुणस्तरको प्रतिरक्षा गरिन् । संविधान लेखनमा दक्षिणपन्थी र वामपन्थी सांसदहरुबीच सहमती खोज्ने कुरामा केही चुक भए पनि संविधानले गरेको व्यवस्था भने राम्रो भएको विश्वास व्यक्त गरिन् । सेप्टेम्बर ४ को नजमतसंग्रहमा वर्तमान संविधान अस्वीकृत भयो भने अहिलेकै संविधानले निरन्तरता पाउँछ । 
तथापि सेप्टेम्बरमा जे परिणाम आएपछि अब परिणाम आएपछि अब पछाडि फर्किन नसकिने बताईन् । 

‘अहिलेको संविधान स्वीकृत भए पनि अस्वीकृत भए पनि अब सन् १९८० को दशकमा लेखिएको पिनोचेको संविधान भने सान्दर्भिक छैन । चिल्ली वृहत्तर समानतासहितको समाजिक प्रजातान्त्रिक दिशामा अघि बढ्नुको विकल्प छैन ,’ हेईसले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप