जुनमा झण्डै ४७ हजार विदेशी पर्यटक भित्रिए, युक्रेनबाट ४७ जना

जुन महिनामा मात्र विश्व पर्यटन बजारबाट झण्डै ४७ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार जुन १ देखि ३० सम्ममा विभिन्न देशहरुबाट गरी कुल ४६ हजार ९५७ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
यस अवधिमा सबैभन्दा बढी दक्षिण एसियाली राष्ट्र, सार्क मुलुकहरूबाट २६ हजार ३० (कुल आगमनको ५५.४ प्रतिशत) भएको छ भने अन्य एसियाली मुलुकहरूबाट २ हजार ३६९ अर्थात् ५ प्रतिशत आगमन भएको बोर्डले जनाएको छ ।
यस्तै, समीक्षा अवधिमा युरोपियन मुलुकहरूबाट ४ हजार ७८७ जनाको आगमन भइरहँदा सोही महादेशबाट हाल युद्धका कारण चर्चामा रहेको युक्रेनबाट ४७ जना पर्यटक नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ । यस्तै, सोही अवधिमा सामुद्रिक महादेशबाट १ हजार ५४९ जना आउँदा यता अमेरिकी मुलुकहरूबाट ८ हजार ९८० जना र अन्य मुलुकहरूबाट ३ हजार २४२ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् ।
अघिल्लो महिना मे मा ४७ हजार ८९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ जनवरी १ देखि हालसम्म कुल २ लाख ३७ हजार ६६० जना विदेशी पर्यटकहरु नेपाल आइसकेका छन् । यसमा स्थलमार्ग हुँदै आउने पर्यटकको तथ्याङ्क समावेश गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल
-
पहिरोको जोखिममा दलित बस्ती
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !