शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डिन्होसँग खेल्नु राम्रो अनुभव : रोहित

आइतबार, १९ असार २०७९, १६ : २९
आइतबार, १९ असार २०७९

नेपाली राष्ट्रिय फुटबल खेलाडी रोहित चन्दले ब्राजिलका हस्ती रोनाल्डिन्होसँग खेल्न पाउनु आफ्नो लागि राम्रो अनुभव भएको बताएका छन् । नेपाली डिफेन्सिभ मिडफिल्डर रोहितले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोष्ट गर्दै ब्राजिलियन स्टार खेलाडी रोनाल्डिन्होसँग खेल्न पाउनु राम्रो अनुभव भएको बताए ।

‘महान् फुटबलर रोनाल्डिन्होसँग एकै मैदानमा खेल्न पाउनु एक अद्भुत अनुभव रह्यो । यसको मतलब, यस्तो हुन्छ भनेर मैले कहिल्यै सोचेकै थिएन । मैदानमा उनको जादु हेरेर हुर्किएको र उनीसँगै मैदान सेयर गर्न पाउनु निकै ठूलो अनुभव र भाग्य हो,’ रोहितले लेखेका छन् ।

इन्डोनेसियामा पर्सिक कदिरी एफसीबाट व्यवसायिक लिग खेलिरहेका रोहितले गत साता ट्रोफियो रोनाल्डिन्हो नामक मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेलेका थिए । उक्त प्रतियोगितामा रोहितको टोलीले रोनाल्डिन्हो आवद्ध रेन्स नुसनतारा एफसीसँग खेलेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप