ad
x

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज सर्यो

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  ।


नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो ।



अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।

क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।