मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सफलले बदनाम गरे : चालिसे

आइतबार, १९ असार २०७९, १६ : १२
आइतबार, १९ असार २०७९

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताएका छन् । 

सफलले आइतबार बिहान रातोपाटीलाई फोन गरेर गौतम निकटका चालिसेले कृष्णगोपाल बञ्जरालाई भेटेर सुरक्षा थ्रेटसहित अपहरण गर्नेसम्मको धम्की दिएको बताएका थिए । तर चालिसेले सफलको दावीमा सत्यता नभएको भन्दै त्यस्तो धम्की आफुले नदिएको प्रतिकृया दिए । 

‘उहाँले लगाएको आरोपमा कुनै सत्यता छैन, यसमा बदनाम गर्ने आशयमात्रै देखिन्छ’, चालिसेले भने, ‘त्यस्तो सुरक्षा थ्रेट दिने काम पनि भएको छैन ।’ यता सफल समूहका कृष्णगोपाल बञ्जराले यस विषयमा केही नबोल्ने बताए । ‘यो समाचारको विषय नै होइन’, वञ्जराको भनाइ छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप