शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण

आइतबार, १९ असार २०७९, १९ : ००
आइतबार, १९ असार २०७९

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको । २१ सय २० जनामा गरिएको कोरोना परीक्षणमा आरटी–पिसिआर विधिमार्फत् ३९ जनामा र एन्टिजेन विधिमार्फत् १४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ । यसका साथै सो अवधिमा १४ जना संक्रमणमुक्त पनि भएका छन् । पछिल्लो २४ घण्टामा कोही पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा आइतबार मात्रै ओमिक्रोनको बी एक फाइभ भेरियन्ट पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप