विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गर्दै सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षा कोष (एसएसएफ) ले आफ्नो सेवा सुविधालाई थप प्रविधिमैत्री बनाउने भएको छ । कोषले योगदानमा आधारित सुरक्षा सुविधा योजनाहरुको दाबी भुक्तानी र स्वास्थ्य सेवालाई थप डिजिटल प्रविधिमा रुपान्तरण गर्नेगरी स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गर्ने भएको हो ।
कोषले हाल उपलब्ध स्वास्थ्य सुविधालाई थप डिजिटल्ली र प्रविधिमैत्री बनाउँदै योगदानदाताको कार्ड शो अर्थात् हस्पिटलमा कार्ड देखाए नै तोकिएको स्वास्थ्य उपचार गराउन पाउने व्यवस्था गर्न लागेको हो । यस्तो सुविधा अब योगदान दाताले तोकिएको हस्पिटलबाट सामान्य उपचारमा एक लाखदेखि ७ लाखसम्म उपचार सुविधा पाउने छन् । यसका लागि कुनै झन्झट बिना योगदानदाताले कार्ड देखाएर नै पाउने छन् ।
हाल कोषले देशका विभिन्न स्थानमा गरी २५ वटा अस्पतालहरुमा सो सुविधाका लागि सम्झौता गरिसकेको र थप एक सय हस्पिटलहरूमा सो सम्झौता हुने क्रममा रहेको जनाएको छ ।
स्वचालित विद्युतीय प्रणालीमा स्वास्थ्य सेवा प्रवाह नामका वृहत कार्यक्रमको भोलि सोमबार भव्य रुपमा कोषले शुभारम्भ गर्दैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हुने कार्यक्रमको उद्घाटन पनि विभागिय मन्त्रीले नै गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर कार्यसम्पादन, कहाँ चुक्यो बागमती सरकार ?
-
कपालमा बारम्बार मेहन्दी लगाइरहनु हुन्छ ? यस्ता छन् बेफाइदा
-
स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
भोलेनाथको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा