सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गर्दै सामाजिक सुरक्षा कोष

आइतबार, १९ असार २०७९, १६ : ०९
आइतबार, १९ असार २०७९

सामाजिक सुरक्षा कोष (एसएसएफ) ले आफ्नो सेवा सुविधालाई थप प्रविधिमैत्री बनाउने भएको छ । कोषले योगदानमा आधारित सुरक्षा सुविधा योजनाहरुको दाबी भुक्तानी र स्वास्थ्य सेवालाई थप डिजिटल प्रविधिमा रुपान्तरण गर्नेगरी स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गर्ने भएको हो । 

कोषले हाल उपलब्ध स्वास्थ्य सुविधालाई थप डिजिटल्ली र  प्रविधिमैत्री बनाउँदै योगदानदाताको कार्ड शो अर्थात् हस्पिटलमा कार्ड देखाए नै तोकिएको स्वास्थ्य उपचार गराउन पाउने व्यवस्था गर्न लागेको हो । यस्तो सुविधा अब योगदान दाताले तोकिएको हस्पिटलबाट सामान्य उपचारमा एक लाखदेखि ७ लाखसम्म उपचार सुविधा पाउने छन् । यसका लागि कुनै झन्झट बिना योगदानदाताले कार्ड देखाएर नै पाउने छन् । 
हाल कोषले देशका विभिन्न स्थानमा गरी २५ वटा अस्पतालहरुमा सो सुविधाका लागि सम्झौता गरिसकेको र थप एक सय हस्पिटलहरूमा सो सम्झौता हुने क्रममा रहेको जनाएको छ । 

स्वचालित विद्युतीय प्रणालीमा स्वास्थ्य सेवा प्रवाह नामका वृहत कार्यक्रमको भोलि सोमबार भव्य रुपमा कोषले शुभारम्भ गर्दैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हुने कार्यक्रमको उद्घाटन पनि विभागिय मन्त्रीले नै गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप