शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आइतबार, १९ असार २०७९, १५ : ५७
आइतबार, १९ असार २०७९

महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले आइतबारदेखि उक्त सेयर बिक्री खुल्ला गरेको हो । 

प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेको कम्पनीको यस सेयर इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले किन्न सक्नेछन् । प्रतिस्पर्धात्मक प्रणालीबाट बिक्री गरिने सेयर बढी मूल्य कबोल गर्नेलाई नै लिलामी गरिनेछ । 
लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३१ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

बोलपत्र पेश गर्ने अन्तिम म्याद असार २४ गते तोकिएको छ । लगानीकर्ताले कम्पनीको प्रधान कार्यालय, कमलपोखरी काठमाडौंमा पुग्नेगरी गोप्य सिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् । कम्पनीले यसअघि साविकका संस्थापकहरूबाट ५० प्रतिशत सेयर खरिदका लागि आवेदन माग गरेकोमा आवेदन नपरेपछि सर्वसाधारणमा जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप