नेपालमा ओमिक्रोन भेरियन्टको बीए फाइभ पुष्टि
पछिल्लो समय नेपालमा कोरोना भाइरस (काभिड–१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको छ । धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको अस्पतालले जनाएको छ ।
धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा अर्थात् जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेकुस्थित राष्ट्रिय प्रयोगशालालाई जानकारी छैन ।
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले भने, ‘धुलिखेल अस्पतालमा तीन दिनअघि ओमिक्रोन भेरियन्टको उपप्रजाती बीए फाइभ पुष्टि भएको सुन्न आएको थियो । तर, रिपोर्टिङ कहाँका व्यक्ति केहीले पुष्टि भएको हो त्यसबारे जानकारी आएको छैन ।’
यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुणा झाले सङ्क्रमितहरूको अनुवांशिक परीक्षणलाई जारी राख्ने बताइन् । उनी भन्छिन्, ‘अहिलेसम्म ओमिक्रोनको नयाँ उपप्रजाति पुष्टि भएको छैन ।’ उता स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म सङ्क्रमितहरूको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएको जानकारी नपाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण