बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र क्यानडा बीचको एकदिवसीय सिरिज सर्‍यो

आइतबार, १९ असार २०७९, १५ : २८
आइतबार, १९ असार २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी(ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपाल र क्यानडा बीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडा बीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।
नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।  

क्यानडाको भ्रमणपछि नेपालले स्कटल्यान्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप