माओवादी बैठकमा फेरि कम्युनिस्ट एकताको विषय प्रवेश
नेकपा माओवादी केन्द्रमा फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको विषयले प्रवेश पाएको छ । आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औँल्याउँदै सदस्यहरुको राय समेत माग गरेको एक नेताले रातोपाटीलाई बताए ।
उनले आइतबार बिहानमात्रै आफ्नो तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरुसँग अनौपचारिक छलफल भएको भन्दै आजै भ्याएसम्म तत्कालीन सचिवालयमा रहेका बहुमत सदस्यहरुको बैठक बस्ने तयारी भएको बैठकमा बताएको ती नेताको भनाइ छ । बैठक बसेर एकताका लागि आह्वान गर्ने योजना रहेको प्रचण्डले बैठकमा सुनाए ।
वर्तमान सरकारमा काँग्रेससहितको गठबन्धन सरकार भएको सन्दर्भमा प्रचण्डले कम्युनिस्ट एकतामै जोड दिएका हुन् । ‘फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ । नेकपाका तत्कालीन सचिवालयका नेताहरुसँग कुरा भएको छ’ उनले भने, ‘आज बिहानमात्रै पनि छलफल भएको थियो । यो बैठक आज छिट्टै सकियो भने सचिवालयको बहुमतको बैठक बस्नुपर्यो भनेर साथीहरुले भन्नु भएको छ । अपिल गर्नुपर्यो भनेर भन्नु भएको छ ।’
विस्तारै फेरि वामपन्थी एकताको सम्भावना पैदा भएको उनको भनाइ छ । उनले कम्युनिस्ट एकताबारे सोमबारको बैठकमा धारणा राख्न पनि सदस्यहरुलाई आग्रह गरेको ती नेताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण