जेलमा रहेका रेशम चौधरीलाई गठबन्धनमा ल्याउन शीर्ष नेताहरुको कसरत
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद रेशम चौधरी टीकापुर घटनाको आरोपमा जेलमा छन् । उनी जेलमा भए पनि राष्ट्रिय राजनीतिमा एक खालको चर्चामै रहन्छन् । जसपा विभाजनको शृङ्खला होस् या आफ्नै पार्टी गठनको अवस्था होस्, उनी चर्चामै रहन्छन् ।
पछिल्लो समय आफ्नो श्रीमतीको नाममा नागरिक उन्मुक्ति पार्टी खोलिसकेपछि उनको चर्चा थप चुलिएको छ । विभिन्न पार्टीका शीर्ष नेताहरु दिनहुँजसो उनलाई भेट्न जेलभित्र गइरहेका हुन्छन् ।
चुनावी गठबन्धनका लागि शीर्ष नेताहरु जेलमै गएर रेशम चौधरीसँग छलफल गर्न थालेका छन् । केही दिन अघि लोसपाका अध्यक्ष महन्थ ठाकुर उनलाई भेट्न जेलमै गएका थिए । रेशम चौधरीलाई उनले चुनावमा सहकार्यका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
आफूले मुद्दा फिर्ता र जेलबाट रिहाइका लागि अझैसम्म लडिरहेको भन्दै ठाकुरले रेशम चौधरीसँग आगामी चुनावमा सहकार्यको प्रस्ताव गरेको स्रोतको भनाइ छ ।
तर लोसपाका नेता मनिष मिश्रले आफ्नो पार्टीका अध्यक्ष ठाकुर गठबन्धनका लागि नभएर रेशम चौधरीको रिहाइका लागि भएको संघर्षको अवस्था र प्रक्रियाका बारेमा छलफल गर्न गएको दाबी गरे । उनले भने, ‘लोसपा रेशम चौधरीको रिहाइका लागि प्रयास गरिरहेको छ, त्यो प्रयास कहाँसम्म पुग्यो, त्यसको प्रकृया के के भइरहेको छ लगायतका विषयमा जानकारी दिन अध्यक्षजी रेशम चौधरीलाई भेट्न जेलमा जानु भएको थियो ।’
रेशम चौधरीले अलग पार्टी बनाए पनि लोसपाले उनको रिहाइका लागि पहल गरिरहेको मिश्रको भनाइ छ । उनले भने, ‘रेशम चौधरी लोसपा (साविकको राजपा) मा हुँदा नै थुनामा परेका हुन्, त्यसैले रेशम चौधरीको रिहाइ नै लोसपाको दायित्व हो ।’
त्यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि रेशमलाई भेट्न जेलमै पुगेका थिए । उनले जनमत र उन्मुक्ति पार्टीबीच चुनावी गठबन्धनका लागि प्रस्ताव गरेको सो पार्टीका महासचिव चन्दन सिंहले बताए । उनले भने, ‘हाम्रा पार्टीका अध्यक्ष राउतजी रेशम चौधरीलाई भेटेर सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ, त्यसमा रेशमजी सकारात्मक हुनुहुन्छ ।’
त्यसबाहेक, जसपाका नेताहरु पनि रेशम चौधरीलाई भेट्न जेलमा गइरहेका हुन्छन् । रेशम चौधरी निकट नेताहरुका अनुसार कहिलेकाहीँ काँग्रेस, माओवादी, एमालेका नेताहरु पनि भेट्न आइरहेका हुन्छन् । जेलमा सबभन्दा बढी राजनीतिक चहलपहल रेशम चौधरीकै हुन्छ । उनले आफ्नो पार्टीको सम्पूर्ण गतिविधि जेलबाटै सञ्चालन गरेका हुन्छन् । उनी दिनभर भेटघाटमै व्यस्त हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका लागि स्विट्जरल्यान्ड नजाने भए अमेरिकी उपराष्ट्रपति भान्स
-
अमेरिकाले सम्झौता उल्लङ्घन गरे प्रतिकार गर्ने इरानको चेतावनी
-
नाइजरको राजधानीमा विमानस्थलमा सशस्त्र हमला, ११ सैनिक र २ सर्वसाधारणको मृत्यु
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
नेपाली चियामा भारतीय अवरोध नीतिगतभन्दा पनि व्यावहारिक जटिलता बढी
-
भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण