शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपमा एनआरएनए विज्ञ सम्मेलन हुने

आइतबार, १९ असार २०७९, १५ : ०२
आइतबार, १९ असार २०७९

गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी ११औं क्षेत्रीय बैठकसँगै युरोप क्षेत्रमा कार्यरत विभिन्न नेपाली विज्ञहरुको भेला गर्ने तयारी गरेको हो ।

सम्मेलनलाई सफल पार्न शनिबार सम्पन्न एनआरएनए युरोप क्षेत्रीय पदाधिकारीहरूको बैठकले एक कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा राजु अर्याल (नर्वे), नवराज रोशियारा (जर्मनी) र डा. चिरन्जीवी खड्का (चेक रिपब्लिका) रहेका छन् ।

बैठकले सम्मेलनको मिति र स्थान तोक्ने जिम्मा क्षेत्रीय संयोजकद्वय चिन्तामणि सापकोटा र सन्तोष भट्टराईलाई दिएको छ । भट्टराईले आगामी दुई हप्ताभित्र स्थान र मितिको टुंग्गो लगाउने जानकारी दिए । 

बैठकले एनआरएनए यूकेको विवाद अन्त्य गर्न संघका अध्यक्ष कुल आचार्यको संयोजकत्वमा गठित समितिलाई पूर्णरुपमा सहयोग गर्ने र छिटोभन्दा छिटो समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको छ । तीन दर्जन राष्ट्रिय समितिका प्रतिनिधिहरू तथा अध्यक्षहरूको उपस्थिति रहेको बैठकमा करिब ५० जनाको सहभागिता थियो ।

बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसी, उपाध्यक्ष डा.हेमराज शर्मा, महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेल, उपमहासचिव रामशरण सिंखडा, सचिव गंगाधार गौतम, कोषाध्यक्ष फडिन्द्र पन्त, प्रवक्ता शिव बरुवाललगायतको उपस्थिति थियो । संघको विधानअनुरुप गठित क्षेत्रीय समितिको बैठक पहिलो पटक बसेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप