आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रवासमा माओवादीका १० हजार पार्टी सदस्य

आइतबार, १९ असार २०७९, १५ : ००
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्माले प्रवासमा पार्टीका करिब १० हजार सदस्य रहेको बताएका छन् । उनले प्रवासमा रहेका पार्टी समर्थकलाई संगठित गराउन क्रियाशील रहेको भन्दै पार्टी बनाउन प्रवासमा रहेकाहरुको पनि भूमिका रहने बताए । 

आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीभित्र कतिपय कमीकमजोरी रहेको भन्दै त्यसलाई सच्याउँदै अघि बढिनुपर्नेमा जोड दिए । उनले पार्टीका ब्लड सेलहरु मरेको भन्दै नयाँ रक्तसञ्चार जरुरी रहेको बताए ।

बैठकमा सम्पर्क समन्वय प्रदेश विशेष समितिबाट श्रीकृष्ण अधिकारी र विशेष प्रदेशबाट जगत सिम्खडाले पनि रिपोर्टिङ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप