बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीवाईसी लघुवित्तको सेयरमा लगातार सकरात्मक सर्किट, कति पुग्यो मूल्य ?

आइतबार, १९ असार २०७९, १४ : ३१
आइतबार, १९ असार २०७९

सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ । जेठ ३० गतेदेखि कारोबारमा आएको कम्पनीको सेयरमा लगातार सकरात्मक सर्किट लाग्ने क्रममा आज पनि सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
नेप्सेमा ३८२ रुपैयाँ प्रतिकित्तामा पहिलो कारोबार भएको कम्पनी त्यसयता निरन्तर बढिरहेको छ ।

आज पनि सेयर मूल्य १० प्रतिशतले बढेसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २७६ रुपैयाँ पुगेको छ । आजै कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता ११६ रुपैयाँको वृद्धि आएको नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ९५ हजार ३३६ कित्ता सेयर निष्कासन गरेको थियो । यससँगै, सीवाईसी लघुवित्तले नेप्सेमा २९ जेठमा १२ लाख १६ हजार ४१८ कित्ता सेयर सूचीकृत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप