राहदानी विभागको आग्रह : जिल्लामा १५ दिनभित्रै राहदानीको सुनिश्चितता छ, काठमाडौ नआउनुस्
राहदानी विभागले काठमाडौ बाहिरका जिल्लामा १५ दिनभित्र राहदानी उपलब्ध गराउने सुनिश्चितता गरेकाले अत्यन्त जरुरी बाहेकका सेवाग्राहीले विभागमा निवेदन नगर्न आग्रह गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै राहदानी विभागमा राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको पनि जनाएको छ । साथै धेरै सेवाग्राहीहरुलाई सेवा दिने अभिप्रायले राहदानी विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
विभागले हाल दैनिकरूपमा ६५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको भन्दै बढी भन्दा बढी सेवाग्राहीहरुलाई सेवा दिन तत्पर रहेको र सोहीअनुरुप अधिकतम समय कार्य गरी सेवा दिइरहेको जनाएको छ ।
‘जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकोले काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ ।
यसर्थ, अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।
राहदानी सेवालाई छिटो, छरितो र सरल तुल्याउन विभाग क्रियाशिल रहेको भन्दै शुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ताभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइएको दावी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण