बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश र नीतिले गरे फिल्म तथा टीभी स्कुलको उद्घाटन

आइतबार, १९ असार २०७९, १४ : २१
आइतबार, १९ असार २०७९

फिल्म तथा टीभीका विभिन्न विषय अध्ययन गराउने उद्देश्यले चाबहिलमा नेशनल फिल्म एण्ड टीभी स्कुल सञ्चालनमा आएको छ । आइतबारबाट सञ्चालनमा आएको स्कुलको उद्घाटन अभिनेता राजेश हमाल, मोडल नीति शाह र  आईआई एफटी स्कूल अफफेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरियोग्राफर विपना थापा लगायतले गरे ।

स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुनेछ । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्का लगायतको समेत कार्यक्रममा सहभागिता रहेको थियो । स्कुलमा अभिनेता हमाल गेस्ट लेक्चरको रुपमा रहनेछन् ।

कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए । ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ ।’ स्कुलमा प्रमुख दशरथ सुनारका अनुसार स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्ष पढाइ हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप