
बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–८ भन्सार चोकस्थित सडकमा गुलरिया नगरपालिका १६ नम्बरको टाँगाले ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री गुलरिया नगरपालिका–८ सुरजपुर बस्ने ७० वर्षीय वीरबहादुर सुनार रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बर्दिया हुँदै नेपालगन्ज नर्सीङहोममा थप उपचारको क्रममा मृत्यु भएको हो । टाँगा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकस्थित सडकमा लु.७९ प ५४९१ नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने ५० वर्षीय तुलसी पाठक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ