चूडामणि शर्माको मुद्दा ‘हेर्न नभ्याउने’ मा
राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएका सहसचिव चूडामणि शर्मा ढकालको मुद्दा हेर्न नभ्याउनेमा परेको छ । विशेष अदालतमा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहेपनि पहिलो नम्बरको मुद्दा नसकिएका कारण उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार दिनेश अर्याल प्रतिवादी रहेको मुद्दाको सुनुवाइ भइरहेको र उक्त मुद्दाको सुनुवाइ नसकिएको कारण सहसचिव शर्माको मुद्दा हेर्न नभ्याउने सूचीमा परेको हो । तत्कालीन कर फर्स्योट आयोगको सदस्यसचिव रहेका शर्माले कर मिनाहा गर्दा अरबौं रकमको भ्रष्टाचार गरेको र गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै २०७४ साल साउन १ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसलगत्तै उनी निलम्बनमा परेका छन् । शर्मासँगै तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
विशेष अदालतमा परेका भ्रष्टाचारको तीन मुद्दालाई लगाउमा राखी आइतबारबाट एकैसाथ सुनुवाइ गर्ने तयारी गरिएको थियो । शर्मा विरुद्ध कर फर्स्योट आयोगले गरेको निर्णयमा आधारित भएर राजश्व चुहावटसम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एउटा मुद्दा परेको थियो । लामो समयदेखि पेसीमै नचढ्ने र चढे पनि हेर्न नभ्याइने सूचीमा पर्ने गरेको ती मुद्दा आइतबारबाट नियमित सुनुवाइमा लैजाने तयारी थियो । यद्यपि आइतबार पनि ती मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली नोटमा चुच्चे नक्सा : भारतीय विदेशमन्त्रीले भने, ‘एकतर्फी निर्णयले वास्तविकता परिवर्तन हुँदैन’
-
घरजग्गा कारोबार नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : संयोजक भण्डारी
-
बार्सिलोना हारेपछि रियललाई ला लिगाको उपाधि
-
मौसमविद् भन्छन् : ‘अब पानी पर्छ, पश्चिमबाट प्रणाली नेपाल भित्रिरहेको छ’
-
‘मनसरा’ को सुरुवाती व्यापार राम्रो, तोड्ला त जारीको रेकर्ड ?
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ