माओवादी बैठकमा विमलाले भनिन्– म घटुवा हुन तयार छु

नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीमा अराजकता मौलाएको बताएकी छन् । उनले स्थानीय तह निर्वाचनमा अन्तर्घात कर्णालीमा पनि भएको उल्लेख गर्दै पार्टीभित्रको अराजकतालाई बेलैमा नियन्त्रण गरिनुपर्नेमा जोड दिइन् ।
पार्टीमा हारको जिम्मेवारी लिने परिपाटी नभएको उल्लेख गर्दै उनले कर्णालीमा आशातित नतिजा आउन नसकेकोमा आफूले भने जिम्मेवारी दिन तयार रहेको बताइन् । ‘पार्टीमा अन्तर्घात भएका छन् । समस्याहरु भएका छन् तर जिम्मेवारी लिने प्रवृत्ति छैन’, उनले भनिन्, ‘मैले कति जिम्मेवारी लिनुपर्ने हो लिन्छु । म घटुवा हुन पनि तयार छु ।’ उनले कर्णालीमा गत स्थानीय निर्वाचनमा गठबन्धनमा पनि गडबड भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सही ढंगले तालमेल र गठबन्धन हुनुपर्नेमा जोड दिइन् ।
विमलाले आइतबारदेखि सुरु भएको बैठकमा कर्णाली प्रदेश अध्यक्षको हैसियतमा आफ्नो रिपोर्टिङ प्रस्तुत गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध