माओवादी बैठकमा विमलाले भनिन्– म घटुवा हुन तयार छु
नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीमा अराजकता मौलाएको बताएकी छन् । उनले स्थानीय तह निर्वाचनमा अन्तर्घात कर्णालीमा पनि भएको उल्लेख गर्दै पार्टीभित्रको अराजकतालाई बेलैमा नियन्त्रण गरिनुपर्नेमा जोड दिइन् ।
पार्टीमा हारको जिम्मेवारी लिने परिपाटी नभएको उल्लेख गर्दै उनले कर्णालीमा आशातित नतिजा आउन नसकेकोमा आफूले भने जिम्मेवारी दिन तयार रहेको बताइन् । ‘पार्टीमा अन्तर्घात भएका छन् । समस्याहरु भएका छन् तर जिम्मेवारी लिने प्रवृत्ति छैन’, उनले भनिन्, ‘मैले कति जिम्मेवारी लिनुपर्ने हो लिन्छु । म घटुवा हुन पनि तयार छु ।’ उनले कर्णालीमा गत स्थानीय निर्वाचनमा गठबन्धनमा पनि गडबड भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सही ढंगले तालमेल र गठबन्धन हुनुपर्नेमा जोड दिइन् ।
विमलाले आइतबारदेखि सुरु भएको बैठकमा कर्णाली प्रदेश अध्यक्षको हैसियतमा आफ्नो रिपोर्टिङ प्रस्तुत गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्कले गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण