बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यू–२० को बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

आइतबार, १९ असार २०७९, १३ : ५०
आइतबार, १९ असार २०७९

भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ११ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक मेघराज केसीले टोलीमा बोलाइएका ४१ खेलाडीमध्ये ११ खेलाडीलाई बाहिर राखेका हुन् । नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलङ्कासँग र ३१ मा भारतसँग खेल्नेछ ।

नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ । तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।
यू–२० टोली :
गोलरक्षक : ईश्वर गुरुङ, युनेश चौधरी, जियारथ सेख, सौरभ कार्की
डिफेन्डर : अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज ठोकर
मिडफिल्डर : अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनाग्या नकर्मी, आयुष घलान
फरवार्ड : दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप