शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषधसहित ५ जना पक्राउ

आइतबार, १९ असार २०७९, १३ : ४७
आइतबार, १९ असार २०७९

कैलाली र पर्सामा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट खैरो हेरोइन जस्तो देखिने डल्लो पदार्थ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर सहित ३ जना छन् । उनीहरुको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने डल्लो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । 
लु.८३ प २९८३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

पर्साको बीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ४ सय ४९ बोतल विनिसिरेक्स कफ सेरूप सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार सेङताङ रहेका छन् । 

ना.५ ख ३९९० नम्बरको बस जाँच गर्नेक्रममा बसका चालक उमेश र सहचालक राजकुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप