शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरी एले नियुक्त गर्‍यो पहिलो महिला रेफ्री

आइतबार, १९ असार २०७९, १३ : ४१
आइतबार, १९ असार २०७९

इटालियन सिरी ए फुटबलले मारिया सोले फेरीरी कापुटीलाई पहिलो अफिसियल महिला रेफ्री नियुक्त गरेको छ । ३१ वर्षीया अगस्टबाट सुरु हुने २०२२–२३ सिजनका लागि रेफ्रीको भूमिका निर्वाह गर्नेछन् । सन् १८९८ बाट सुरु भएको लिगमा अहिले पहिलो पटक महिला रेफ्री नियुक्त गरेको हो ।

फेरीरी क्यापुटी शीर्ष डिभिजन लिगमा पहिलो महिला रेफ्री बनिन् । इटालियन रेफ्री एसोसिएसन (आईए) का अध्यक्ष अल्फ्रेडो ट्रेन्टालेन्जले पहिलो पटक महिला रेफ्री नियुक्त गर्दा खुसी भएको बताए ।

‘यो धेरै खुःसीको क्षण हो । महिला रेफ्रीको सहभागिता देखेर कोही छक्क पर्नु पर्छ भन्ने सोच्दा पनि दुःख लाग्छ ।,’ उनले भने ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप