माओवादी बैठक : ‘लज्जास्पद’ नतिजा आएको मधेसबाट यस्तो आयो रिपोर्टिङ
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अन्तर्घातीलाई कारबाही गर्न जोडतोडले आवाज उठेको छ । बैठकमा बोल्दै मधेस प्रदेशको तर्फबाट रिपोर्ट पेश गर्ने नेता गणेश शाहले नेताहरुबीचको विवादका कारण गएको स्थानीय चुनावमा अन्तर्घात भएको बताए । अन्तर्घातकै कारण मधेसमा नतिजा कमजोर आएको उनले बताए । यस्तै गठबन्धन पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
‘पार्टीको आन्तरिक असहयोग र गुटबन्दीले चुनावको नतिजा राम्रो आउन सकेन । गठबन्धन पनि प्रभावकारी हुन सकेन’, उनले भने । उनले अहिलेको चुनाव राजनीतिक चुनाव हो कि पैसाको हो भन्ने प्रश्न गर्दै यसको पनि समीक्षा हुनुपर्नेमा जोड दिए ।
उनले अगाडि भने, ‘पार्टीभित्र मनमुटाव तथा अन्तरसंघर्ष निकै बढ्यो जस्तो लाग्यो । चुनावको बेला हाम्रो मधेसमा अप्रत्याशित पराजय भयो । यसबारे के गर्नुहुन्छ केन्द्रीय समितिले निर्णय गरोस्’, उनले भने, ‘हिजोबाट सिकेर आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे लागौँ ।’
शाहले अध्यक्षले मधेसका जिम्मेवार नेताहरुलाई राखेर गम्भीर समिक्षा गरिनुपर्नेमा पनि जोड दिए । यस्तै पार्टीले मधेसको आर्थिक, सामाजिक मुद्दाका विषयमा पनि छलफल गर्दै जनमत बटुल्नुपर्नेमा जोड दिए । उनले अन्तर्घातबारे थप बोल्दै कम्युनिस्टले नै अरु पार्टीलाई मत बेचेको भन्ने पनि सुनिएको बताए । ‘यसबारे छानबिन समिति गठन होस् । समितिको सिफारिसअनुसार कारबाही पनि होस् । अनुशासन समिति गठन पनि होस् । अनुशासन समितिको सिफारिसअनुसार कारबाही पनि होस् ।’
शाहले प्रदेश कमिटी र पदाधिकारीको चयन तत्काल गरिनुपर्ने भन्दै आगामी निर्वाचनमा थप असर पर्न सक्ने भएकाले यसमा बेलैमा ध्यान दिइनुपर्नेमा जोड दिए । माओवादी क्रान्तिकारी पार्टी भनिएपनि सो अनुसारको व्यवहार हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्कले गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण