ओन्टारियोसँग टी–२० खेल खेल्दै नेपाल
दुई एकदिवसीय श्रृंखलाको लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै छ ।
खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेल टी–२० फर्म्याटमा हुनेछ । यसअघि नेपालले ओक्टारियोसँग एकदिवसीय अभ्यास खेल खेलेको थियो । अघिल्लो खेलमा नेपाल ६९ रनले विजयी भएको थियो ।
पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो । यसपछि सन्दीप लामिछानेको कप्तानीमा नेपालले टिमले क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ । पहिलो खेल ४ जुलाई र दोस्रो ५ जुलाईमा रहेको छ ।
त्यसलगत्तै नेपाली टिम स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्याण्ड प्रस्थान गर्नेछ । जहाँ घरेलु टोली स्कटल्याण्ड, नेपाल र नामिविया भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा