शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के तपाईंको बच्चा पनि झुटो बोल्छन् ? सतर्क हुनुहोस्

आइतबार, १९ असार २०७९, १३ : ०४
आइतबार, १९ असार २०७९

के तपाईंको बच्चाले पनि तपाईंसँग झूट बोल्छन् ?  यदि बोल्छन् भने सावधान हुनुहोस् । बच्चाको झूटो बोल्ने बानीलाई तपाईंले कुनै पनि अवस्थामा बेवास्ता नगर्नुहोस् ।  यो बानी पछि उनको व्यक्तित्वको हिस्सा बन्न सक्छ । बाल्यकालमा बालबालिकाले आफ्नो वरिपरि जे देखे त्यहि अनुसार आफ्नो बानीको विकास गर्छन् । यदि उनीहरूलाई सानै उमेरमा सही र गलत बानीहरू बारे अवगत गराइयो भने, उनीहरु गलत दिशामा जानबाट जोगिन सक्छन् । यस लेखमा हामी बालबालिकाले झूट बोल्नुको कारण र यसलाई कसरी रोक्ने भन्ने बारे जान्ने छौँ ।

बालबालिका किन झुट बोल्छन् ?

१. गाली खाने डरले केटाकेटीहरूले झूटको सहारा लिन्छन्

यदि तपाईंले बच्चाहरूलाई गाली गर्नुहुन्छ वा कुटपिट गर्ने गर्नुहुन्छ भने बच्चाहरु तपाईंसँग खुलेर कुराकानी गर्दैनन् । आफ्नो कुरा लुकाउनका लागि उनीहरुले झुटको सहारा लिने गर्छन् । कुनै पनि कुरा व्याख्या गर्न हिंसात्मक व्यवहारको सहारा नलिनुहोस् । आफ्नो कुरा स्पष्ट र सही तरिकाले बच्चाको अगाडि राख्नुहोस् । बच्चाले झूट बोलेको जस्तो लाग्छ भने उसको पक्ष पनि सुन्नुहोस् र गल्ती गरेमा बच्चालाई मायाले बुझाउनुहोस् ।

२.  तपाईंले हेरेर झूट बोल्न सिकेको हुनसक्छ

धेरै पटक बच्चाहरूले आमाबाबुको खराब बानीलाई आफ्नो स्वभावको हिस्सा बनाउँछन् । यदि तपाईंले कुनै कारणले झूटो बोल्नुभएको छ भने, बच्चाहरूले यसलाई दोहोर्याउन सक्छन् । छोराछोरीका लागि, आमाबुवा नै उनीहरुका लागि आइडल हुन् । आमाबुवालाई हेरेर नै उनीहरुले केही कुरा वा बानी दोहोर्याउँछन् । बच्चाले प्रश्न सोध्दा सही उत्तर दिनुहोस् । धेरै पटक हामी बच्चाहरुबाट पन्छिनका लागि झुट बोल्छौँ र बच्चाहरुले हाम्रै सिको गर्छन् ।

३. चोरेको कुरा लुकाउन पनि झुटो बोल्न सक्छन् बालबालिका

झुट बोल्ने बालबालिकामा चोर्ने बानी हुन सक्छ । चोरी भनेको केही सामान चोर्नु मात्र होइन, कुरा  लुकाउनु पनि हो । यदि तपाईंको बच्चाले झूट बोल्छ भने, उसले तपाईंबाट केही लुकाउन खोजिरहेको हुन सक्छ । यस्तो अवस्थामा, बच्चासँग कुरा गर्नुहोस् र तपाइँको बच्चाले तपाईंसँग किन कुरा लुकाउनु पर्यो त भन्नेबारे बुझ्ने कोसिस गर्नुहोस् ।

४. बालबालिका डिप्रेशनमा झुट बोल्न सक्छन्

यदि तपाईंको बच्चा डिप्रेसनबाट पीडित छ भने पनि, उसले तपाईंसँग झूट बोलिरहेको हुनसक्छ । डिप्रेसनका लक्षणहरू भएका बालबालिकाहरूले आफ्ना कुराहरू व्याख्या गर्न वा बुझाउन अक्सर झूटको सहारा लिने गर्छन् । आवश्यक परेमा बच्चालाई मनोवैज्ञानिककहाँ पनि लैजान सक्नुहुन्छ ।

बच्चाले झुटो बोलेको कसरी थाहा पाउने ?

यदि तपाईंको बच्चाले पनि झूट बोल्न थालेको छ भने यो बानी छुटाउन जरुरी छ, जसका लागि यी कुरामा ध्यान दिनुपर्छ(

– झूट लुकाउनका लागि बच्चाले अचम्मको कहानी सुनाउनु ।

– झुटसँग सम्बन्धित प्रश्न सोध्दा बच्चा रिसाउनु ।

– कुरालाई तोडमोड गरेर प्रस्तुत गर्नु ।

– कहिलेकाहीँ झुट बोल्दा बच्चाहरू सामान्यभन्दा ठूलो स्वरमा कुरा गर्न थाल्छन् ।

– झूटो कुरासँग समब्न्धित प्रश्नलाई फेर्ने कोसिस गर्नु ।

– बच्चाहरू यदि झुटो बोल्छन् भने, उनीहरुले तपाईंलाई सिधै आँखामा हेर्न सक्दैनन् ।

– बच्चाले जवाफ दिन समय लिइरहेको भए पनि उसले झूटो बोलिरहेको हुन सक्छ ।

बालबालिकाको झुट बोल्ने बानी कसरी हटाउने ?

यदि तपाईंको बच्चाले पनि झुट बोल्छ भने निम्न टिप्सको मद्दतले यो बानी छुटाउन सक्नुहुन्छ(

– झुटो बोल्नुका खराब परिणाम के हुन्छन् र यसले बच्चालाई कस्तो हानी पुर्याउँछ भन्ने कुरा बताउनुहोस् ।

– बच्चालाई आफ्नो मनको कुरा भन्नुहोस् । आफ्नो कुरा खुल्ला रुपमा भन्नका लागि उनीहरुलाई पनि स्पेस दिनुहोस् ।

– तपाईंले बच्चालाई सत्य घटना वा कथा भनेर झुटो बोल्दा जीवनमा कस्तो असर पर्छ भन्ने पनि जानकारी दिनुहोस् ।

– बच्चाहरूले तपाईंको व्यवहार कतै न कतै नक्कल गर्छन्, त्यसैले उनीहरुको अगाडि कहिल्यै झुट नबोल्नुहोस् ।

– बच्चाले साँचो कुरा गर्दा उसलाई समर्थन गर्ने र गल्ती सुधार्ने मौका दिने कुरामा विश्वास दिलाउनुहोस् ।

– यदि बच्चाले आफूले गरेको गल्तीबारे तपाईंसँग कुरा गर्छ भने उनीहरुलाई गाली गर्नुको साटो तारिफ गर्नुहोस् र अब उप्रान्त सावधानी अपनाउन पनि आग्रह गर्नुहोस् ।

यी सरल टिप्सहरूको मद्दतले तपाईं आफ्नो बच्चाको झुट बोल्ने बानीबाट छुटकारा पाउन सक्नुहुन्छ । एउटा कुरा तपाईंहरुले के याद राख्नुपर्छ भने पालनपोषणको तरिकामा संयम हुन आवश्यक छ, तपाईंले बच्चाबाट तत्काल परिवर्तनहरूको आशा गर्नु हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप