शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘सम्झना बिर्सना’ को ट्रेलर : आकाशप्रति पूजाको वान साइड लभ !

आइतबार, १९ असार २०७९, १२ : ५८
आइतबार, १९ असार २०७९

फिल्म ‘सम्झना बिर्सना’ ३१ असारबाट प्रदर्शनमा आउँदैछ । निर्माण युनिट अहिले फिल्मको प्रचार प्रसारमा जुटेका छन् ।

यस्तैमा फिल्मको प्रचार प्रसारमा थप बल पुर्याउन दोश्रो ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ प्रति पूजा शर्माको वान साइड लभ देख्न सकिन्छ ।
 
निमेष प्रधानको लेखन निर्देशक रहेको फिल्मको ट्रेलरमा  कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्याले समेत ट्रेलरमा प्राथमिकता पाएको छ ।

दार्जिलिङ, सिलगुढी, सिक्किम लगायतका रमणीय स्थानमा फिल्म छायांकन भएको हो । फिल्ममा आकाश र पूजाको अलवा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा गायतको अभिनय देख्न सकिन्छ ।

अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्म आदित्य फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो ।
 
शिब ढकालले छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङको संगीत छ । कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप