सडक भासियो, कल्भर्ट जोखिममा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ । जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएपछि सडक भासिएको हो ।
धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडिदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको हो । सडक भासिएपछि दुई वटा वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।
धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियानअन्तर्गत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाममा नालामा रहेका ठुला तथा साना रुखसँगै कटान रोक्न बनाइएका तटबन्ध डोजर लगाएर भत्काइएको थियो ।
राष्ट्र बैँकदेखि सो कल्भर्ट छेउछाउमा रहेका ठुला रुख, बाँसका झारी र तटबन्ध भत्काएर नालीभित्रै गाडिएको छ । उपमहानगरपालिकाले अतिक्रमण हटाउने नाममा जथाभावी डोजर लगाएपछि एक बस्ती कटानको जोखिममा परेको छ । नाला छेउछाउमा रहेका रुख तथा बोटबिरुवा कटान गरेपछि एलजी एकेडेमी नजिक रहेको बस्ती कटानको जोखिममा परेको स्थानीयहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा