शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वराजको विपक्षमा बहस गर्दै भीमार्जुनले भने– कार्यसम्पादन मूल्यांकन हेर्नु पर्दैन

आइतबार, १९ असार २०७९, १२ : ३९
आइतबार, १९ असार २०७९

कानुन व्यवसायी भीमार्जुन आचार्यले प्रहरी महानिरीक्षक नियुक्तिमा कार्यसम्पादन मूल्यांकन हेर्न नपर्ने प्रस्ट पारेका छन् । प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहको नियुक्ति खारेजीको माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा प्रतिवादीका तर्फबाट बहस गर्दै आचार्यले यस्तो बताएका हुन् ।

‘विश्वराज पोखरेलले मेरो कार्यसम्पादन मूल्यांकन धेरै छ भन्नु भएको छ, तर त्यो चाहिँदैन,’ आचार्यले भने, ‘पोखरेलमा म ज्येष्ठ भएकाले मै हुनुपर्छ भन्ने जबरजस्तीपना छ । एक दिन एआईजी भएको व्यक्ति पनि आईजी बन्न योग्य हुन्छ ।’

उनले प्रहरी महानिरीक्षक नियुक्तिमा वरिष्ठता एक आधार हो भए पनि त्यो नै सम्पूर्ण आधार नभएको दाबी गरे । ‘कानुनले तोकेको अधिनमा रहेर सरकारले नियुक्ति गर्न नपाएपछि शान्तिसुरक्षा कसरी कायम गर्न सक्छ त ?,’ उनले प्रश्न गरे, ‘सरकारले धिरजलाई उपयुक्त देखेपछि विश्वलाई नियुक्त गर्छ त श्रीमान् ?’

प्रहरी महानिरीक्षक (आईजीपी) अंकको आधारमा होइन, उपयुक्तताको आधारमा नियुक्त हुने उनको तर्क छ । ‘निवेदकले आईजीपी हुन पाउनु वैध अपेक्षा हो भनेका छन् । वैध अपेक्षाको सम्बन्ध क्रियाकलाप र कर्मसँग जोडिन्छ,’ उनले भने, ‘एसएसपीबाट डीआईजी हुँदा वैध अपेक्षा खै त ? वीरेन्द्र बस्याललाई क्रस गरेर उहाँ डीआईजी हुनु भएको हो, त्यो बेला बस्यालको अपेक्षा खै त ? विश्वराजले अहिले वैध अपेक्षा भन्नु लज्जाको विषय हो ।’

प्रहरीमा बस्दा प्रहरीको मूल्य, मान्यतालाई पालना गर्नुपर्ने आचार्यको भनाइ छ । ‘बिदा अस्वीकार भएपछि उहाँ नजानु उहाँको अटेरीपना हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप