सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बैठक सञ्चालन शैली फेरियो

आइतबार, १९ असार २०७९, ०४ : ००
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रको बैठक सञ्चालन शैली फेरिएको छ । यसअघिका केन्द्रीय समिति बैठकमा अध्यक्षले राजनीतिक प्रस्ताव लम्बेतान पेश गर्ने र त्यसलाई बाचन गर्ने परम्परा भएकोमा त्यसलाई तोडिएको अध्यक्ष प्रचण्डले जानकारी दिए । 

आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन नभनी संक्षिप्त प्रस्ताव वितरण गर्ने बताएका छन् । सो प्रस्ताव सबै सदस्यहरुलाई वितरण गरिने प्रचण्डले बताए । 

‘बैठक सञ्चालनबारे जानकारी’ भन्दै प्रचण्डले बैठकमा भने, ‘यो पटक राजनीतिक प्रतिवेदन पेश वा बाचन हुँदैन ।  एउटा प्रस्तावजस्तो त पेश हुन्छ र यो सबै वितरण पनि गरिन्छ’, बैठकमा प्रचण्डले भने, ‘प्रस्तावमा अहिलेको स्थितिबारे संक्षिप्त विश्लेषणका साथै हामीले गर्नुपर्ने कामहरु बारे बुँदागत रुपमा राखिएको छ ।’

प्रस्ताव अध्ययन गरेर आएर केन्द्रीय सदस्यहरुले सुझाव दिनसक्ने प्रचण्डले बताए ।  यस्तै प्रस्तावबारे समूहगत छलफल नगरी खुला छलफल चलाइने पनि प्रचण्डले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप