शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना  जोखिम भत्ता नपाएपछि भीम अस्पतालमा कर्मचारीद्वारा ओपीडी सेवा बन्द

आइतबार, १९ असार २०७९, १२ : ३१
आइतबार, १९ असार २०७९

कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले  आज बिहान देखि  ओपीडी सेवा बन्द गराएका  छन् । 

सरकारले घोषणा  गरेको  कोरोना जोखिम भत्ता असार मसान्तसम्म  पनि  नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने परेको  सङ्घर्ष समितिका संयोजक गोपाल उध्याध्यले  बताए । उनले रातोपाटीसँग भने -'अहिले शान्तिपूर्ण आन्दोलनमा छौ  सरकारले माग सम्बोधन गर्न ढिलाइ गरे थप आन्दोलनमा जान्छौ  ।'

उपाध्यायका अनुसार बिहान  ९ बजे देखि १२ बजे सम्म ओपीडी सेवा बन्द गरेको हो ।  भीम अस्पतालबाट सुरु भएको आन्दोलन देशव्यापी रूपमा जान सक्ने उनले चेतावनी दिए । भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी  रहेको दाबी गरेका छन् ।

 भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते सङ्घर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । 

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले राज्यले घोषणा गरेको कोरोना जोखिम भत्ता बापतको रकम हालसम्म नपठाएका कारणले दिन नसकेको बताए । उनले पटक पटक मन्त्रालय पत्राचार  गरे पनि अझै सम्म नआउँदा समस्या भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप