बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २४ लाख मात्रा खोप आइपुग्यो

आइतबार, १९ असार २०७९, १८ : ५०
आइतबार, १९ असार २०७९

५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए । 

यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए । खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ । यो खोप  माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो क्षमता अनुसार क्रमशः खोप मगाउने जाने उनले बताए । यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो   ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप