बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज प्रदेश १ मा विनियोजन विधेयक पारित हुँदै

आइतबार, १९ असार २०७९, ११ : २९
आइतबार, १९ असार २०७९

प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ ।

शनिबारको संसद बैठक झण्डै ५ घण्टा लामो चलेको थियो । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले दिएका थिए । सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन आज १२ बजेसम्मको लागि सभामुख प्रदिपकुमार भण्डारीले समय प्रदान गरेका छन् ।

खर्च कटौतीको प्रस्ताव पेश भएर त्यसलाई निर्णयार्थ पेश गरेपछि बिनियोजन विधेयक निर्णयार्थ प्रदेशसभामा पेश हुनेछ । आज १ बजेको लागि बैठक तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप