शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको झण्डासहित किर्गिस्तानको लेनिन पिक चढ्दै लालबहादुर

आइतबार, १९ असार २०७९, १० : ३८
आइतबार, १९ असार २०७९

आरोही लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने भएका छन् । नेपालका सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिससकेका जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका हुन् । 

उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिदाई गरे ।  जिरेलले उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने नेपालले बताएका छन् ।  सो अनुसार उनलाई पार्टी केन्द्रीय कार्यालयमा उक्त झण्डा हस्तान्तरण नेपालले बताए । 

दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको शुभकामना पनि नेपालले दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप