लिभरपुलसँग नयाँ करार गर्नअघि चेल्सी जान चाहन्थे शालाह
लिभरपुलसँग नयाँ करार गर्न अघि मोहमद शालाहले आफ्नो पूर्व क्लब चेल्सीमा फर्कने तयारी गरेको बेलायती पत्रिका द सनले दाबी गरेको छ । पत्रिकाका अनुसार चेल्सीका नयाँ मालिक टोड बोहेलीले ३० वर्षीय खेलाडीलाई भित्र्याउने तयारी गरेको तर नयाँ तीन वर्षको करारका कारण सो छलफलमा ब्रेक लागेको थियो ।
यही कारणले लिभरपुलले हतारहतार ४ लाख पाउन्ड प्रतिहप्ता आम्दानी गर्ने गरी शालाहलाई नयाँ करार अफर गरेको बताइएको छ । नयाँ करारसँग शालाह लिभरपुलको इतिहासमा सबैभन्दा बढी आम्दानी गर्ने खेलाडी बनेका छन् । यसअघि भर्जिल भान डाइकले सर्वाधिक प्रतिहप्ता २ लाख २५ हजार पाउन्ड प्राप्त गर्थे ।
शालाहले आफ्नो एजेन्ट रामी आबासको माध्यमबाट आफू स्टाम्फोर्ड ब्रिज जाने तयारी गरेको जानकारी दिएका थिए । उनले त्यहाँ सन् २०१४ देखि १६ सम्म दुई वर्ष बिताएका थिए । लिभरपुल सुरुमा शालाहलाई अर्को वर्ष सित्तैमा गुमाउनु भन्दा ६ करोड पाउन्डसम्मको अफर आए बिक्री गर्ने मनस्थितिमा पुगिसकेको द सनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा
-
‘सीआईबीका प्रहरी हौँ’ भनेर भक्तपुरबाट करिब आधाकिलो सुन लुटपाट
-
नागरिकका गुनासा सुन्न लुम्बिनीका मन्त्री थापा पैदल यात्रामा
-
एनओसीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग