बालकथा : चकचके बालक
परापूर्व कालमा एउटा गाउँमा निकै चकचके बालक थियो । ऊ न चकचक नगरी बस्न सक्थ्यो न कुनै उट्पट्याङ् काम नगरी चैन मिल्थ्यो । उसको व्यवहारले घरपरिवार दिक्कथे, गाउँलेहरू हैरान । बाबुआमाले निकै सुधार्ने प्रयास गरे । पढाइ लेखाइमा लगाए, स्कूल भर्ना गराए तर सबै व्यर्थ । पढ्न लेख्न त यसै पनि चाहन्नथ्यो । उल्टै आफूभन्दा साना बालबालिकालाई कहिले चिमोट्थ्यो, कहिले कुटेर रुवाउने गथ्र्यो, जसले गर्दा धेरै समय स्कुलमा टिक्न सकेन । चाँडै नै विभिन्न आरोप लगाउँदै स्कूल प्रशासनले निकालिदियो । सुध्रन्ध कि भनेर स्कूल पठाएको उल्टै लिनुको सट्टा दिनुपर्ने अवस्था आयो । उसको व्यवहारले बाबुआमा यति चिन्तित हुन थाले कि चिन्ताकै कारण चाँडै नै संसारबाट विदा भए ।
बाबुआमाको शेषपछि त सुध्रन्छ कि भन्ने आशा थियो तर लागेको बानी किन जान्थ्यो र । व्यवहारमा कुनै परिवर्तन देखिएन । दिनभर घरमा बस्थ्यो बेलुका दाजुभाउजु आउँदा कुनै न कुनै उधुम गरेकै हुन्थ्यो । दाजुभाउजुले दिक्क भएर भेडा गोठालो लगाइदिए । गोठाले गएपछि सुध्रन्छ कि भन्ने आशा थियो तर यहाँ पनि हात लागि सून्य नै भयो । भेडा लिएर चराउन त जान्थ्यो तर त्यहाँ पनि कुनै न कुनै त्यस्तै उधुम गरेकै हुन्थ्यो । कहिले वनमा डडेलो लगाइदिन्थ्यो, कहिले भेडाहरूलाई अरूको खेतवारीमा लगाइदिन्थ्यो । कहिले आफ्नो मात्र नभएर अरूका समेत भेडाहरूलाई भीरबाट धकेलिदिन्थ्यो, कहिले बालबालिकालाई खोलामा वा कुवामा हालिदिन्थ्यो । दाजुभाउजु कहिले हप्काउँथे, कहिले कुटपीट गर्थे, कहिले दाम्लोले बाँधेर खानपीनसमेत बन्द गरिदिन्थे । तैपनि उसमा कत्ति सुधार देखिएन ।
समय बित्दै गयो उसको चकचक पनि चली नै रह्यो । एक दिन भेडा चराउन जाँदा चकचक गर्ने अन्य कुरा भेटेन छ र बाघ आएर भेडा खान लाग्यो भन्दै चिच्याउन लाग्यो । केही गाउँले नजिकैको खेतमा काम गर्दै रहेछन् । साँच्चै बाघ आएछ क्या हो भन्दै काम छाडेर आए तर भएको केही थिएन । भेडाहरू चौरमा चरिरहेका थिए ऊ गाउँलेहरूलाई देखेर हाँसिरहेको थियो ।
अनावश्यक दुःख पाउनुपरेकाले गाउँलेहरू रिसले चूर भए । केही नानाभाँतीका गाली गर्न लागे । केहीले एकदुई झापड लगाउन पनि भ्याए । दनक भेटेपछि उसले कान समातेर आइन्दा यस्तो गर्दिन भनेर माफी माग्यो तर लागेको बानी न हो किन सजिलै जान्थ्यो र ।
बानी भन्ने चीज पनि विचित्रकै हुँदो रहेछ । चाहे राम्रो होस् चाहे नराम्रो लाग्न मात्र बेर, लागेपछि सितिमिति छाड्नै नसकिने । उसले अरूका अगाडि जति नै गर्दिन भनेर कसम खाए पनि एकैछिन पछि बिर्सन्थ्यो र पहिलेकै काम दो¥याउँथ्यो । भोलिपल्ट पनि त्यस्तै ग¥यो, पर्सीपल्ट पनि त्यस्तै ग¥यो । ऊ बाघले भेडा खायो भन्दै चिच्याउँथ्यो । खेतमा काम गर्ने कृषकहरू काम छाडी दौडन्थे तर अवस्था भने जहिले पनि उस्तै हुन्थ्यो । न बाघ आएको हुन्थ्यो न स्याल नै ।
हरेक पटक ऊ गाली खान्थ्यो, चडकन भेट्थ्यो । आइन्दा यस्तो गर्दिन पनि भन्थ्यो । तैपनि बानी सुधार्दैनथ्यो । अरूलाई जति बढी दुःख दिन पाइयो उति बढी खुसी मान्थ्यो र बारम्बार त्यसैलाई दो¥याउने गथ्र्यो । यत्तिकैमा एक दिन साँच्चिकै बाघ आएर भेडा घिच्याउन थाल्यो । उसले पहिले जस्तै बाघले भेडा खायो भनेर चिच्यायो तर यस पटक भने गाउँलेहरू कोही पनि आएनन् । पागल केटो जहिले पनि यस्तै गर्छ भन्ने ठानेर सुने पनि नसुने जस्तो गरी बसे । सँधै अरूलाई झुक्याएर दुःख दिने गरेकाले अप्ठ्यारो परेको बेला कसैको सहयोग पाउन सकेन ।
दुईचारवटा भेडाको रगत चुसेर बाघ बाटो लाग्यो । ऊ भने बेलुका अँध्यारो मुख लगाउँदै बाँकी भेडा लिएर घर फक्र्यो । भेडाको सङ्ख्या कम देखेपछि दाजुभाउजुले सोधे–
‘चाँडो भन्, बाँकी भेडा कहाँ हालिस् ।’
उसले रुदै दिउसोको घटनाको बेलिबिस्तार लगायो । त्यसपछि उसका निम्ति उसै त कुन कानामा सुन भने जस्तो भयो । दाजुभाउजु उसको व्यवहारबाट यसै खुसी थिएनन् । त्यसमाथि अनावश्यक चारपाँचवटा भेडा गुमाउनुपरेको थियो । रिसको झोकमा वेद पढ्नै भ्याएनन्, जसले गर्दा उनीहरूले सदा जस्तै गाली र कुटपीट मात्र गरेनन् घरबाटै निकालिदिए ।
यतिबेला उसलाई कठैबरा भन्नेसम्म कोही भएनन् । बाबुआमा पहिले नै बितिसकेका थिए दाजुभाउजूले भन्ने कुरै भएन । गाउँहरूलेहरूसमेत कठै भन्न आएनन् । उसले आइन्दा यस्तो गर्दिन भनेर रोइकराइ ग¥यो, कान समातेर उठबस पनि लगायो । तैपनि दाजुभाउजुले सुन्ने कान लगाएनन् ।
त्यसपछि उसले कहिल्यै त्यस्तो काम त गरेन तर यति बेलासम्म निकै बेर भसकेको थियो । जति नै बानी सुधारेको छु, आइन्दा यस्तो गर्दिन त भने पनि पटकपटक धोका खाएका कारण कोही पनि उसको कुरामा विश्वास गर्दैनथे । जहाँ गए पनि छिछि र दुरदुर गर्थे, हप्काएर पठाउँथे । यसरी चकचके बालकको पूरा जीवन कष्टमय हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि