केएमसीको क्यान्टिनमा कर्मचारीको मृत्यु : परिवार सहमत नहुँदा उठेन शव
![केएमसीको क्यान्टिनमा कर्मचारीको मृत्यु : परिवार सहमत नहुँदा उठेन शव](https://rpcdn.ratopati.com/media/albums/kmc_school_pyAxXdwE74.jpg)
बुद्दनगर स्थित केएमसी स्कुलमा मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन् । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्सक गोपाल चौधरी सहितको टिम राति नै पुगेका थिए । तर, उनको शव घटनास्थलबाट निकालिएको छैन ।
रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदि झुन्डेको देखेको बताइएको छ । स्कुल परिसरमा भेटिएका मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।
मृतकका बुबा आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘काठमाडौँ विश्वविद्यालय सुधारका लागि पुरानो लिगेसी परिवर्तन गर्नुपर्छ’
-
यसरी पर्न गयो ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ वाक्यांश !
-
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
-
बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक
-
नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि सुरु हुने
-
‘सक्ने भए मलाई रोकेर देखाऊ’ : मस्कलाई कसले भने यस्तो ?