
२६४ वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आयोगले पहल गर्ने

मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेस प्रदेश सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकामा रहेको २५० भन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरको सौन्दर्यीकरण, उचित व्यवस्थापन तथा विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आयोगले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मधेस प्रदेशको ग्रामीण जिल्लाहरूको अनुगमनको क्रममा रहेका अध्यक्ष दत्तले आज बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीसहित स्थानीय बासिन्दाहरूको भेलामा मन्दिरलाई आवश्यक सहयोग, व्यवस्थापन तथा सौन्दर्यीकरण गर्न आयोगले नै मुख्य भूमिका खेल्ने बताए ।
सो मन्दिरको व्यवस्थापनको लागि आफूले एक चरणको काम गरिसकेको र बाँकी काम आयोगले यथाशीघ्र गर्ने उनले बताए। सो छलफलमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको पनि उपस्थिति रहेको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ