बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलद्वारा हिजबुल्लाहले दागेका तीन ड्रोन खसालेको दाबी

आइतबार, १९ असार २०७९, ०९ : ३५
आइतबार, १९ असार २०७९

इजरायली अधिकारीहरूले आफूहरूले हिजबुल्लाहका तीन ड्रोन खसालेको दाबी गरेका छन् । अधिकारीहरूका अनुसार यी ड्रोनहरू भूमध्यसागरको विवादित क्षेत्रमा ग्यास रिगलाई लक्षित गरी प्रक्षेपण गरिएको थियो ।

ग्यास रिग त्यस स्थानलाई भनिन्छ जहाँबाट ग्यासलाई जहाजमा भरेर अन्य स्थानमा ढुवानी गरिन्छ ।

सैन्य अधिकारीले यी ड्रोनहरू लेबनानी पक्षबाट छोडिएको र यसलाई लडाकू विमान र जहासी मिसाइल दुबैको मद्दतले खसालिएको जानकारी दिएका छन् ।

हिजबुल्लाहले ड्रोन प्रहार गरेको स्वीकार गर्दै छोटो वक्तव्य जारी गरेको छ ।

करिस ग्यास क्षेत्रलाई लिएर इजरायल र लेबनानबीच तनाव बढ्दै गएको छ ।

अमेरिकी ऊर्जा अधिकारीहरूले दुई देशबीचको लामो समयदेखि चलिरहेको विवाद समाधान गर्न मध्यस्थता गरिरहेका छन् ।

इजरायलले यो ग्यास क्षेत्र संयुक्त राष्ट्र संघले मान्यता दिएको विशेष आर्थिक क्षेत्रमा पर्ने बताउँछ । त्यस्तै, लेबनानले पनि यसलाई आफ्नो क्षेत्रको हिस्सा बताउँछ ।

हिजबुल्लाहले आफ्नो मिशन पूरा भएको र सन्देश प्राप्त भएको बताएको छ ।

गत हप्ता, हिजबुल्लाह नेता हसन नसरल्लाहले इजरायललाई ग्यास रिग सञ्चालन गर्नबाट रोक्न बल प्रयोग गर्ने धम्की दिएका थिए ।

इजरायलका रक्षामन्त्री बेन्नी गान्ट्जले इस्लामिक समूहले लेबनानलाई सामुद्रिक सीमा सम्झौतामा हस्ताक्षर गर्नबाट रोकेको बताएका छन् । यसले लेबनानको अर्थतन्त्र र समृद्धि दुवैलाई खतरामा पारेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप