सभामुख सापकोटा आज स्वदेश फर्किँदै

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्किँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिको टोली स्वदेश फर्कन लागेको हो । सभामुख सापकोटा गत १४ त्यसतर्फ प्रस्थान गरेका थिए ।
गत असार १६ गते सो सम्मेलनलाई सम्बोधन गरेका सभामुख सापकोटार्ले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेकोमा जोड गर्नुका साथै असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न नेपालको सहयोग र ऐक्यवद्धतासमेत सो क्रममा व्यक्त गरेका छन ।
बाकुमा रहँदा सभामुख सापकोटाले सम्मेलनको आयोजक राष्ट्र अजरबैजानका सभामुख साइबा गफारोवालगायतसँग दुई पक्षीय भेटवार्तासमेत गरेका छन् । सभामुखको सो टोलीमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल गौतम, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन ।सभामुख नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७स्१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?
-
आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री
-
लाराले भने, ‘विराटले अहिले नै टेस्ट क्रिकेटबाट संन्यास लिन हुँदैन’
-
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
-
किन गरिँदैछ सलमानलाई बहिष्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश