जवा नदीको बालुवा, गरिबको गुजारा
जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ वर्षीय बासमती कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन् । उनी दिनभर जवा नदीमै भेटिन्छिन् । नदीको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदीको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छ ।
उनले भनिन्,‘एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदीको बालुवा जीवन चलाउने गुजारा बनेको छ । उनका छिमेकी धनमाया कुलाल पनि उनीसँगै जवा जान्छिन् । दिनभरि बालुका निकालेर व्यापारीलाई बेच्ने गर्छिन् ।
जुम्लाको जवा नदीमा बालुवा निकाल्नेको भिड नै लागेको देखिन्छ । जवासँगै हिमा र तिला नदीमा पनि बालुवा निकाल्ने कार्य चलिरहेको उनीहरू बत्ताउँछन् ।नदी किनारमै खाना खान्छौँ । बालुवा निकाल्छौँ ।
बिहान आउँदा राम्रो बालुवा निकाल्न मिल्ने उनीहरूको अनुभव छ । बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । धनमायाले भनिन्,‘एक दिनमा १५ बोरा सम्म बालुवा निकालिन्छ । एक टिपर बालुवा निकालेको खण्डमा तीन हजार देखि ४ हजार रुपैयाँसम्म दिने गरेका छन् । एक टिपर बालुवा सङ्कलन गर्दा पाँच सय रुपैयाँ नदी किनारमा भएको जग्गा धनीलाई उपलब्ध गराउने गरिएको छ ।
विद्यालय जाने बालबालिका समेत बालुवा सङ्कलनका लागि नदी किनारामा पुग्ने गर्छन् । स्थानीय उनिता कुलाल विद्यालय बन्द भएकोले बालुवा निकाल्न थालेको सुनाउँछिन् । बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ । बालुवा बेचेर दैनिक उपभोग्य सामाग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको उनीहरू सुनाउँछन् ।
असार महिनामा पानीको बहाव बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ । उनिताले भनिन्,‘जवा नदिमा खाली खुट्टा, नाङ्गो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छौँ । नदीमा फ्याँकिएका सिसा, काँडा र डुङ्गाले काट्ने डर हुन्छ । तर बालुवा सङ्कलन नगरी सुख छैन ।
नदी किनारामा झन्डै दुई सय बढी महिला बालुवा निकालेर जीविका चलाउँछन् । विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले स्थानीय महिलाहरूले गाउँ नजिकै रोजगारी पाएका हुन् ।
ठेकेदारले बालुवा खरिद गरी ट्याक्टर र टिपर मार्फत सदरमुकाम र आसपासका जिल्लामा पुर्याउने गरेको स्थानीय बताउँछ । निर्माण कार्यमा बालुवा अनिवार्य हुने भएकोले माग अनुसार सङ्कलन हुन सक्दैन ।
बालुवाको माग अनुसार निकाल्न सकिँदैन । जवा नदी, तिला र हिमा नदिनमा बालुवा सङ्कलन कार्य तीव्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । एउटा समूहमा १० देखि २० जनाले बालुवा निकाल्दै आइरहेका छौँ,धनमायाले भनिन्, ‘साउन महिनाको भेलमा पनि ज्यानको बाजी थापेर बालुवा निकाल्नुपर्ने बाध्यता छ । बालुवा बेचेर ५ देखि ८ जनाको परिवार पालिरहेका छौँ । बालुवा सङ्कलनका क्रममा विगत बर्सहरूमा दर्जनौँ मानिसले ज्यान गुमाउनु परिरहेको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ
-
राजनीतिक भागबण्डाका आधारमा नियुक्त डीनलाई खारेज गर्न अखिल (क्रान्तिकारी) को माग
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य