
विशेषज्ञ सेवादेखि व्यवस्थापकीय सुधार गर्दै राप्ती प्रादेशिक अस्पताल
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ । रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रसासनले जनाएको छ ।
विरामीहरुको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपीडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवारकल्यान मन्त्री इन्द्रजित थारुले शुभारम्भ गरेका छन ।
'प्रणालीमा नहुँदा यसअघि सेवाग्राहीहरु घण्टौ लाईनमा बस्नु पर्ने बाध्यता थियो । अब यो समस्या टोकण प्रणली लागू भएपछि समाधान भएको छ । पहिले घण्टौ लाईनमा लाग्नु पर्ने अबस्था हुन्थ्यो, यसले विरामी र विरामीका कुरुवालाई निकै अफ्टेरो बनाएको देखिन्थ्यो', मन्त्री थारुले भने समस्या हटेर सहज हुने विश्वास लिएको छु ।
लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो । दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरी ब्यबस्था मिलाईएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताए ।
तालिम घर स्थापना
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो किलिनिकल तालिम घरको स्थापना गरिएको छ । दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उदेश्यले प्रादेशिक अस्पताल भित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।
तालिम घरको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उदघाटन गरेका हुन । तालिम घरमा बढीमा २० जना सम्मलाई एक चरणमा तालिm दिन सकिन्छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ